• ९ असोज २०८३, शुक्रबार
  • ६ः४७ बेलुका

रास्वपामा केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, २ हजारभन्दा बढी प्रतिनिधिले गरे मतदान

प्रकाशित मिति

२०८३ असार ११ गते, बिहीबार ०९:१५

११ असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि जारी रहेको छ। विद्युतीय भोटिङ मेसिनमार्फत भइरहेको मतदान आज दिउँसो १२ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ।

National Life

मतदान उद्योग संघको हलमा भइरहेको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार बिहान ८ बजेसम्म करिब २ हजार १०० महाधिवेशन प्रतिनिधिले मतदान गरिसकेका छन्। कुल ३ हजार ८०० देखि ३ हजार ९०० प्रतिनिधिले मतदान गर्ने अनुमान गरिएको छ।

विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूका लागि भने मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ। यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्यहरूको अन्तिम नतिजा सार्वजनिक भएपछि पदाधिकारी चयन प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

रास्वपाको विधानअनुसार सभापति र केन्द्रीय सदस्यहरूको चयन सम्पन्न भएपछि मात्र महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारीहरू निर्वाचित गर्ने व्यवस्था रहेको छ। विधानमा १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ। जसमध्ये ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् भने ५१ जना सदस्य सभापतिले मनोनयन गर्ने प्रावधान छ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते भरतपुरमा उद्घाटन भएको थियो। तर महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने विषयमा विवाद उत्पन्न भएपछि बन्दसत्र प्रभावित बनेको थियो। यही कारण असार ९ गतेभित्र सम्पन्न गर्ने योजना रहेको महाधिवेशन लम्बिएको हो।

प्रतिकृया