• १२ असोज २०८३, सोमबार
  • १०ः४५ राती

कक्षा १२ को नतिजाविरुद्ध विद्यार्थीको प्रदर्शन

प्रकाशित मिति

२०८३ असार ११ गते, बिहीबार १२:१५

११ असार २०८३ काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा त्रुटि र अस्वाभाविकता रहेको आरोप लगाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नतिजाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले बिहीबार दबाबमूलक आन्दोलन गरेका हुन्।

National Life

प्रदर्शनकारी विद्यार्थीहरूले पुनर्योग (रिटोटलिङ) तथा पुनःपरीक्षण (रिचेकिङ) का लागि तोकिएको शुल्क अत्यधिक महँगो र अव्यावहारिक रहेको भन्दै त्यसलाई पुनरावलोकन गर्न माग गरेका छन्। साथै, नतिजा प्रकाशन प्रक्रियामा देखिएका त्रुटिहरू सच्याउन र निष्पक्ष पुनर्मूल्याङ्कनको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७११ जना विद्यार्थी ‘नन–ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन्। ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएपछि नतिजाको विश्वसनीयतामाथि प्रश्न उठाउँदै विभिन्न स्थानबाट असन्तुष्टि व्यक्त भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बोर्डले ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरेको जनाएको छ भने दुई जनालाई एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको जानकारी दिएको छ।

विद्यार्थीहरूले नतिजा पुनरावलोकन प्रक्रिया सहज, पारदर्शी र सर्वसुलभ बनाउनुपर्ने माग राख्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। यता, परीक्षा बोर्डले भने नतिजा प्रकाशन निर्धारित प्रक्रिया अनुसार गरिएको जनाएको छ।

प्रतिकृया