• ११ असोज २०८३, आइतबार
  • ६ः४१ बेलुका

आँधीखोला बहुप्राविधिक शिक्षालयमा सिभिल ईञ्जीनीयरिङ्ग विषयको पढाई हुने

प्रकाशित मिति

२०७७ आश्विन ६ गते, मंगलवार ०२:५७

स्याङ्जा,स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. १३ मा अवस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को आँगिक सँस्था आँधिखोला बहुप्राविधिक शिक्षालयमा यसै शैक्षिक सत्रदेखि सिभिल ईञ्जीनीयरिङ्ग विषयमा डिप्लोमा तहको पढाई शुरु हुने भएको छ । परिषद्ले ४८ जना विद्यार्थीलाई पढाउन मिल्ने गरी शिक्षालयमा उक्त कार्यक्रम थप गर्ने निर्णय गरेपछि सो विषयको पठनपाठन गराउने
बाटो खुलेको हो । एसईई परीक्षामा विज्ञान र गणित विषयमा कम्तिमा C र अँग्रेजी विषयमा कम्तिमा D+ ग्रेड ल्याएर उत्तीर्ण भएका विद्यार्थीले सो विषय अध्ययन गर्ने मौका पाउने छन् । २०७५ सालमा स्थापना भएको यस शिक्षालयमा सूचना प्रविधि विषयमा डिप्लोमा तहकै पढाई हुँदै आएको थियो ।

National Life

मानव जीवनको परिवर्तनका लागि छरितो प्राविधिक शिक्षाको दूरदृष्टी राखेको यस शिक्षालयमा महिला,आदिवाशी/जनजाती, दलित, अपाङ्ग, मधेसी, मुस्लिम आदि वर्गका जेहेन्दार विद्यार्थीका लागि सहुलियत दरमा पढाई हुनेछ । शिक्षालय प्रमुख ई. नविन किशोर गैह्रेले शिक्षालयमा यो कार्यक्रम सञ्चालन हुने भएपछि सिभिल ईञ्जिनीयरिङ्ग विषय अध्ययन गर्नका लागि स्याङ्जा, पाल्पा, गुल्मी र पर्वत जस्ता छिमेकी जिल्लाका विद्यार्थिहरु महङ्गो शुल्क तिरेर ठूला सहरमा जानु पर्ने वाध्यताको अन्त्य भएको र उनीहरुले सुलभ शुल्कमा आफ्नै ठाउँमा गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्दा विद्यार्थीलाई धेरै सहज हुने जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया