दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रकाशित मिति
२०७७ भाद्र २७ गते, शनिबार ०५:२९
जनकपुर, मुस्लिम समुदायको मोहरम पर्वका लागि बनाइएको फोटो एक युवाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि त्यसमा आएको टिकाटिप्पणीका कारण जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा दुई पक्षबीच झडप भएको छ। शनिबार दुबै पक्षबीच केहीबेर झडपसमेत भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
शनिबार बिहान सुरू भएको सो विवाद नियन्त्रणमा आइसकेको र विवाद समाधानका लागि दुबै पक्षबीच वार्तासमेत चलिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। यता झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले आधा दर्जनभन्दा बढ़ी राउण्ड अश्रुग्यास प्रहार गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए। अवस्था सामान्य रहेको जानकारी गराउँदै प्रहरी नायब उपरीक्षक मिश्रले भने, ‘हामी अनुसन्धान गर्दैछौं, विस्तृत विवरण आउन बाँकी छ।‘

झपडलाई नियन्त्रणमा लिनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा कमाण्डमा ६० जनाको टोलीका साथै सशस्त्र प्रहरीको टोली समेत खटाइएको थियो।





प्रतिकृया