• २ असोज २०८३, शुक्रबार
  • ३ः४६ दिउँसो

भक्तपुरको मूलसाँघु खोला किनारामा एक महिलाको शव भेटियो

प्रकाशित मिति

२०७७ भाद्र २ गते, मंगलवार ०८:१४

 

National Life

भक्तपुर, चाँगुनारायण नगरपालिका–७ र ८ को सिमानामा पर्ने मूलसाँघु खोलाको किनारामा आज एक महिलाको शव भेटिएको छ ।

भक्तपुर नगरपालिका–६ घरभई चाँगुनारायण नगरपालिका–८ जितपुर भाडामा बस्दै आएकी ३२ वर्षीया काली भन्ने यशोधा सिजखुको शव खोला किनारामा भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

शवको पहिचान भने मृतकका श्रीमान् दशराम सिजखुले गरेको जानकारी दिँदै उहाँले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको जानकारी दिए ।

खोलाको गहिरो भागमा शव रहेको र नजिकै एक गाई पनि मृत भेटिएको जानकारी दिँदै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार यशोदा तरकारी खोज्न भनी डेरा कोठाबाट निस्किएको थिइन् ।

प्रतिकृया