डिजिटल साक्षरतामा धनगढीको किशोर-किशोरीहरुको अग्रसरता
प्रकाशित मिति
२०७७ श्रावण ३ गते, शनिबार १२:४७
धनगढी, २०२० को समर कोरोनाभाइरसको जोखिम र त्रासमा बित्छ किभन्ने अवस्थामा नेपालका युवाहरु अझै भन्ने हो भने धनगढी, कैलालीको किशोरकिशोरीहरु भर्चुअल समरमा मग्नभएको पाइएको छ । ३ दिने सक्षम छोरी भर्चुअलतालिम साउन २, ३, र ४ गते सम्म जुम एप मार्फत संचालन भइरहेको छ । उक्त कार्यक्रमा धनगढीको ३० जना किशोर किशोरीहरुको सहभागीता रहेको छ । उक्त सहभागीहरुले विगत केही महिना अगाडी सेल्फ डिफेन्स तालिम लिएका र तालिमपश्चात आफ्नो समुदाय र विद्यालयमा विभिन्न हिंसा, दुर्व्यवहार, विभेद न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रमहरु पनि संचालनगर्दै आएका छन ।

किशोरकिशोरीले लगडाउनको समयमा कसरी दिन बिताएका छन् भन्ने बारे अनुभव साट्ने, र सेम्पÞm डिफेन्सका विभिन्न कार्यक्रमहरु आफ्नो समुदाय र विद्यालयमा गर्दा के कस्ता चुनौतीको सामना गर्नुपर्यो र त्यस बारे छलफलका साथै एक सक्षम छोरी बन्न के कस्ता प्रयास वा कामहरु गर्न सकिन्छ भन्ने बारे परामर्श गर्नु यस ३ दिने भर्चुअल तालिमको मुख्यउदेश्य रहेको जानकारी गर्ल्स किकको अध्यक्ष निरज न्यौपानेले दिनभयो ।
सोही तालिममा सहभागी निर्मला चौधरी बताउनु हुन्छ, “आफुले पहिले जुममार्फत तालिम लिएको थिएन । कसरी चलाउने होला, कस्तो होला भन्ने धेरै कुरा मनमा आएको थियो । पहिलो दिनको भर्चुअल जुम तालिममा सहभागी भए पनि जुम एपको बारेमा धेरै कुराहरु पनि थाहा भयो र सिकाइ रामो लाग्यो ।”

त्यस्तै तालिममा सहभागी नरेश कार्की बताउनुहुन्छ, “सेल्फ डिफेन्स तालिममा सहभागी भएपछी मैले आफुलाई र आफू भित्र भएको क्षमता प्रस्फुटन गर्न सहयोग मिल्यो र अहिले सक्षम छोरी तालिममा भर्चुअल नै भए पनि सहभागी हुन् पाउदा धेरै खुशी छु । मैले आफ्नो समुदायमा क्वारेन्टाइनमा रहन ुभएका व्यक्तिहरुलाई सहयोग गरेको कुरा यस तालिममा पनि भन्ने मौका पाउदा ज्यादै खुशी छु ।” सक्षम छोरी भर्चुअल तालिम धनगढीको सामुदायिक सस्था बेसको संयोजकत्व र मर्सी कोर्प संगको साझेधारीमा संचालन भएको हो । तालिमका सत्रहरूमा युवा परामर्शकर्ता विष्णु खत्री, गर्ल्स किकको अध्यक्षनिरज न्यौपानेले प्रशिक्षण गर्नुभएको थियो ।
सक्षम छोरी भर्चुअल तालिमको सहजीकरण गर्दै कुसुम के सी बताउनुहुन्छ, “कोरोनाभाइरसको महामारीले निम्ताएको लगडाउनको समयमा भर्चुअल तालिम, मिटिंग र अन्य इलेक्ट्रोनिक माध्यमबाट अध्यान–अध्यापन गराउदा डिजिटल साक्षरतालाई प्रोत्साहन हुनुका साथै वैकल्पिक सिकाइका माध्यमहरुपनि सम्भव रहेको महसुशभएको छ । भर्चुअल तालिममा किशोरीहरुको राम्रो सहभागिता भएको पाउदा हामीले देख्न चाहेको सक्षम छोरीको निमित पनि डिजिटल ज्ञान र सिपबारे समेत छोरीहरुलाई अब्बल बनाउन मद्धत पुर्याएको छ । सुरुमा जुम एप चलाउदाध्यान दिनुपर्ने कुराहरु संगै अनलाइन सुरक्षाबारे सचेत गराएर कार्यक्रम संचालनगर्दा ज्यादै प्रभावकारी हुने रहेछ । साथै किशोरी सशक्ती करणको लागि बनाएको विभिन्न विश्वव्यापी एजेण्डा र विभिन्न संघ सस्थाहरुको कार्य योजना अनुसार भर्चुअल कार्यक्रमहरुले कमलागत र छोटो समयमा उदेश्य प्राप्त गर्न पनि सकिनेछ ।”



प्रतिकृया