• २१ भदौ २०८३, आइतबार
  • १ः४८ दिउँसो

पोखराको अमरसिंहचोकमा लेकाली कफी हाउस एण्ड जुस वार

प्रकाशित मिति

२०७७ श्रावण २ गते, शुक्रबार ०५:५५

पोखरा, पोखराको अमरसिंहचोकमा लेकाली कफि हाउस एण्ड जुस वार सञ्चालनमा आएको छ । कोरोनाको कहरलाई अवसरमा वदल्ने उद्देश्यका साथ होटल टास्क इन्टरनेश्नल प्रा.लि.ले साउन १ देखी कफि हाउस सञ्चालनमा ल्याएको हो । ग्राहकहरुलाई नितान्त अर्गानिक खानाका परिकारहरु समेत उपलब्ध गराउदै आएको लेकाली चुलो संगै रहेको लेकाली कफि हाउस एण्ड जुस वारको गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे ।

National Life

लेकालि कफि हाउस एण्ड जुस वारको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख शेरचनले लेकाली कफी हाउस नितान्त अर्गानिक नाम भएकाले स्वदेशमा उत्पादन भएका वस्तुहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । लेकाली गुरुङले सञ्चालनमा ल्याएको लेकाली कफी हाउस एण्ड जुस बारले नेपालको हिमाली तथा पहाडी भेगमा पाइने खाद्यान्नका परिकारहरुलाई केकमा परिणत गरि विक्री वितरण गर्न सकेमात्र स्वदेशी वस्तुको खपत हुने वताए ।

विगत चार वर्षदेखी नितान्त अर्गानिक खानाको परिकारहरु खुवाउदै आएको लेकाली चुलो घर संगै सञ्चालनमा आएको लेकाली कफी हाउस एण्ड जुस बारमा नेपालको उच्च पहाडी भेगमा उत्पादन भएका कफी, अर्गानिक चिया, बेकरी आइटमका साथ फ्रेस जुस उपलब्ध हुने सञ्चालक मिन बहादुर गुरुङले वताए । ३० लाखको लगानीमा सञ्चालन भएको कफी हाउसमा छ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन । आगामी दिनमा आफ्नै बेकरी समेत उत्पादन गर्ने लक्ष्य लिएको सञ्चालकले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया