• २० भदौ २०८३, शनिबार
  • २ः२९ दिउँसो

मलामीको नक्कली पास लिएर यात्रु ओसार्ने चालक पक्राउ

प्रकाशित मिति

२०७७ श्रावण २ गते, शुक्रबार ०५:५९

काठमाडौं, चन्द्रागिरि नगरपालिका–२ पानीघाटस्थित सडकबाट मृत्यु संस्कारको लागि जारी सवारी पास दुरुपयोग गरी सवारी चलाउने चालक पक्राउ परेका छन् । बा.११ च ६३ नम्बरको स्कारपियो गाडीका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ चौकी टोल बस्ने ४४ वर्षीय प्रेम प्रसाद घिमिरेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

National Life

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उक्त ठाउँमा सवारी जाँच गर्ने क्रममा घिमिरेलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०७७ असार २२ गते मृत्यु संस्कारको लागि काठमाडौं आउने प्रयोजनार्थ जारी गरेको म्याद सकिएको सवारी पास लिई ६ जना यात्रुहरू राखी चित्लाङ–काठमाडौं शाखा सडक प्रयोग गरी काठमाडौं प्रबेश गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उक्त गाडीमा सवार यात्रुहरूलाई आवश्यक व्यवस्थापनको लागि सामाखुशीमा रहेको राधास्वामी होल्डिङ सेन्टरमा पठाउनुका साथै चालक घिमिरे उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान तथा कारबाही भइरहेको उक्त वृत्तले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया