सुनसान ठमेलका ब्यवसायी ग्राहक पर्खाइमा
प्रकाशित मिति
२०७७ श्रावण २ गते, शुक्रबार ०७:२१
काठमाडौं । कोरोना संक्रमणच घरभाडाको बिषयमा सहमति भएको छ । घरधनीका कारणबाट थला परेको मुख्य पर्यटकीय क्षेत्र ठमेलका घर धनी र ब्यवसायीबी ब्यवसायी घर छोडेर जानुपर्ने अवस्था आएको समाचार सार्वजनिक भएपछि बिहीबार ठमेल क्षेत्रका घरधनी र ब्यवसायीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर समस्याको समाधान खोज्नेक्रम अझै जारी रहेको र ९५ प्रतिशत ब्यसायी र घरधनीबीच घरभाडा र ब्यवसाय संचालनकालागि सहमति भएको ब्यवसायी समेत रहनु भएका घरधनी योगराज राजभण्डारीले जानकारी दिनुभयो ।
१ दशमलव ५ किलोमिटर भित्र रहेका १ हजार २ सय घरधनी र ब्यवसायीबीच जुन सहमति हुदै गएको छ यसले मुलुकभर ब्यवसाय गर्नेहरुलाई एउटा नमुना प्रदान गरेको ब्यवसायी तेजेन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो । अहिले घरभाडा तीर्न नसकेर ७० भन्दा बढी ब्यवसायी पलायन भएको र ब्यवसायी र केही घर धनीबीच अझै समस्या देखा परेकाले उनीहरुबीच पनि सहमति खोज्ने प्रयास भइरहेको जानकारी पनि श्रेष्ठले दिनुभयो ।

नेपाल आउने बिदेशी पर्यटकको पहिलो रोजाइमा परेको ठमेलमा अहिले ब्यवसायी र घरधनीले ४ अर्व भन्दा बढी लगानी गरेको यो क्षेत्रको समस्या समाधान गर्न सरकारले पनि चासो देखाउनुपर्ने ब्यवसायी श्रेष्ठले बताउनुभयो । अहिले ठमेल क्षेत्रमा २ सय होटल, २सयको हाराहारीमा रेष्टुरेन्ट, २सयको हाराहारीमा रहेका ट्रेकिङ ब्यवसायी, ट्राभल ब्यवसायी, लगायतका अन्य ब्यवसायीलाई सम्वोधन गर्न घरधनी पनि तयार भएको र ब्यवसायीपनि आफ्नो ब्यवसायलाई संचालन गर्न तयार भएको राजभण्डारीले जानकारी दिनु भयो । यो समाचार आजको समाचारपत्रले प्रकाशन गरेको छ ।





प्रतिकृया