• २० भदौ २०८३, शनिबार
  • ४ः२३ बिहान

अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलालीमा उच्च सतर्कता

प्रकाशित मिति

२०७७ असार २७ गते, शनिबार ०४:०२

कैलाली, अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ । केही दिनयता परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको बेला कैलालीमा प्राकृतिक विपदबाट जोगिन उच्च सतर्कता अपनाइएको हो ।

National Life

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको संयोजकत्वमा रहेको जिल्ला विपद्व्य वस्थापन समितिले आज कैलालीका विभिन्न स्थानीय तहका प्रमुुख तथा प्रतिनिधिहरूसंग छलफल गर्दै विपद व्यवस्थापनको लागि उच्च सतर्कता अपनाएको जनाएको छ ।

सतर्कताको लागि विपद् व्यवस्थापनका पूर्व योजना तयार गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बैठकबाट विपद् प्रतिकार्यका योजना पारित गर्दै सोही अनुसारका तयारी थालिएको जनाएको छ ।

Classic Tech Desktop

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले विपद् प्रतिकार्यका लागि विभिन्न कलस्टर बनाएर जिम्मेवारी बाँडफाँड गरिएको बताउँदै जिल्लाका ३ वटै सुरक्षा निकायलाई ‘हाई–अलर्ट’ बस्न निर्देशन दिइएको जानकारी दिए ।

प्राकृतिक विपद्मा परेकाहरूको उद्धार तथा राहतका कार्यक्रमका लागि पनि पूर्व तयारी गरिएको प्रजिअ बोहराले बताए । जिल्लाका स्थानीय तहलाई विपद् प्रतिकार्य योजना बनाएर विपद्को पूर्व तयारी गर्न, नदी कटान एवंम डुबान क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्दै आएकाहरूलाई सुरक्षित स्थानमा राख्न सहयोगसमेत अनुरोध गरिएको उनले बताए ।

कैलालीमा भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकाका क्षेत्रस्थित कर्णाली नदी, मोहना नदी, कान्द्रा नदी नजिकमा पर्ने बस्तीहरू नदी कटान एवं डुबानको जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्लामा रहेका विभिन्न नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिँदै आएकाले बहाव बढेपछि सर्तकता अपनाउन अपिल गरिँदै आएको छ तर अहिले भने सबै जसो नदीमा पानीको बहाव सामान्य नै रहेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए तर जिल्लाको भजनी नगरपालिकाका केही क्षेत्र केही दिनअघिको बाढीले डुबानमा परेको थियो । सो क्षेत्र हरेक वर्ष डुबानमा पर्छ ।

प्रतिकृया