• २१ भदौ २०८३, आइतबार
  • १ः५० दिउँसो

आफ्नै सासुले ज्वाईंको हत्या

प्रकाशित मिति

२०७७ असार २७ गते, शनिबार ०८:०६

 

National Life

इटहरी । आफ्नै सासुको योजनामा सुनसरीमा एक पुरुषको हत्या भएको खुलेको छ । सुनसरी देवानगञ्ज वडा नं. ७ का २५ वर्षे मिथुनकुमार उरावको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । मिथुनको शव असार ६ गते गढी गाउँपालिका वडा नंं.६ को खोला किनारामा भेटिएको थियो ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई बुधबार पक्राउ गरि मुद्दा चलाएको छ। प्रहरीले गढी गाउँपालिका वडा नं.६ का मृतकका ससुरा रामदेव उराँव, सासु छवनीदेवी उराँव, ससुराली घरका छिमेकी अजयकुमार उराँव, अरविनकुमार उराँव र पत्नी प्रमिला उराँवलाई पक्राउ गरि मुद्दा चलाएको हो । पक्राउ परेकालाई कर्तब्य सम्बन्धी ज्यान मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।

Classic Tech Desktop

घटना विवरण अनुसार असार ३ गते मिथुन श्रीमतीसहित गढी वडा नं.६ मा ससुराली घर रामदेव उराँवमा जान्छन् । मिथुनकी सासु छवनीदेवीले ‘मेरो ज्वाईले छोरीलाई धेरै कुटपिट गरेर दुःख दिने भएकाले गर्दा ठिक पार्नुछ । मेरो घरमा ज्वाइ आएका छन्’ भनी सोही ठाउँका ३५ वर्षे अरबिनकुमार उरावसँग सल्लाह गरिन् । सोही दिन मृतककी श्रीमती प्रमिला आफ्नो श्रीमानलाई छोडेर साँझ ७ बजे तिर आफ्नो घर देवानगञ्ज फर्किएन् ।

साँझ ससुरा रामदेव र सासु छवनी देवीले ज्वाई मिथुनलाई घरेलु रक्सी खुवाई मताए । मातेपछि योजना अनुसार राति ११ बजेतिर छिमेकी अजयकुमार उराँव र अरविन कुमार उराँवलाई छवनीदेवी बोलाएर घरेलु रक्सी खुवाइन् । रक्सी खाईसकेपछि मध्यरातमाा अजयकुमार र अरविनकुमारलाई छवनीदेवी–रामदेवले आफ्नो आगनमा रहेको कल छेउमा लगि यसलाई घर पुर्‍याउने भनि लगेर बाटामा मारिदिनु तिमीहरुलाई पछि जनही दुई हजार पाँच सय दिने भनी लोभ देखाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पैसाको लोभ देखाएपछि अजयकुमार र अरविनकुमारले गोजीमा प्लाष्ट्रिकको डोरी बोकी मृतक मिथुनलाई घर वाट पूर्व बुढीखोलाको पुल माथि पुर्‍याएर पुलको दक्षिण साईडमा बसाई अजयकुमारले खुट्टा समाति अरविनकुमारले घाटीमा डोरीले कसि उत्तानो पारी डोरी तानी मारेको अनुसन्धानबाट खुलेको छ । यो समाचार आजको नागरिक दैनिकमा लेखिएको छ ।

प्रतिकृया