त्रिभुवन विश्वविद्यालयले अबको १० दिनभित्र परीक्षाबारे निर्णय गर्ने
प्रकाशित मिति
२०७७ असार २३ गते, मंगलवार ११:२०
काठमाडौं, कोरोना संक्रमणको कारण स्थगित गरिएको यस वर्षको परीक्षाबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी १० दिन भित्र निर्णय गर्ने जनाएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाबारे डेढ साताभित्र निर्णय हुने जानकारी दिएका हुन् ।
उनले भने, ‘परीक्षासम्बन्धी गठित समितिले अहिले छलफल गर्दै छ, अब १० दिन भित्रमा परीक्षा कहिले गराउने वा नगराउने विषयमा निर्णय हुन्छ।’ अनलाइनबाट परीक्षा गराउने भन्ने हल्ला बाहिर सुनिएपनि त्यसबारे अहिलेसम्म त्रिविले केही निर्णय गरको छैन ।
सेमेष्टर प्रणालीको परीक्षा आन्तरिक मुल्यांकनबाट गर्नेबारे पनि समितिले प्रतिवेदन दिने छ। प्राडा सुर्वण शाक्यको नेतृत्वमा बनेको ‘कमिटी अफ अल्टरनेटिभ एक्जाम मोड’ले सामाजिक दूरी कायम गरी परीक्षा लिने वा अनलाइनमार्फत लिने भन्नेमा केन्द्रित रहेर छलफल थालेको छ। सो समितिले निकालेको निष्कर्षको आधारमा परीक्षाबारे निर्णय लिइने छ। नियन्त्रक जोशीले भने, ‘तत्काल परीक्षा हुँदैन, पहिला सार्वजनिक यातायात चल्नु पर्यो,बाहिर रहेका सबै विद्यार्थीहरु आएपछि मात्रै परीक्षा सञ्चालन हुन्छ।’





प्रतिकृया