• २२ भदौ २०८३, सोमबार
  • १०ः३९ राती

मनसुनका कारण आज कुन–कुन प्रदेशमा बर्षा हुँदैछ ?

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार ०९:५५

काठमाडौं । सक्रिय मनसुनका कारण हाल देशभर सामान्य बदली रही प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, सुदुर पश्चीम प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सक्रिय मनसुन केही दिन लम्बिदै जाने भएकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

National Life

महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जनाउँदै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बताएको हो ।

देशभर साधारणतया बदली रहनेछ । देशका धेरैजसो स्थानहरुमा मेघगर्जनर चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश,प्रदेश १,बाग्मति प्रदेश,प्रदेश ५ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार रातीसमेत देशभर साधारणतया बदली रही देशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन समेत मशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया