• 4:28 pm

बैतडीमा ७२ बर्षीया बृद्धको शव नदीमा भेटियो

प्रकाशित मिति

२०७७ असार २ गते, मंगलवार ०५:०९

बैतडी, जिल्लाको दोगडाकेदार गाउँपालिका ६ चमतडी स्थित चमेलिया नदीमा मंगलबार एक बृद्धा मृत अवस्थामा भेट्टिएकी छन् । मृत भेट्टिनेमा दार्चुलाको लेकम गाउँपालिका १ बित्थडकी ७२ वर्षीया झिमा कार्की रहेकी बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

सोमबार घरबाट एक्कासी बेपत्ता भएकी बृद्धा मंगलबार मध्यान्ह १२ बजे चमेलिया नदीमा मृत फेला परेकी प्रहरीले जनाएको छ । घटनाको थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया