• २४ भदौ २०८३, बुधबार
  • ७ः२६ बेलुका

कोरोना अपडेटः ३८० जना संक्रमित थपिए, ११७ जना डिस्चार्ज

प्रकाशित मिति

२०७७ असार २ गते, मंगलवार ०४:३५

काठमाडौं, नेपालमा आज थप ३८० जनामा कोरोना संक्रमण संक्रमणको पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या छ हजार ५ सय ९१ पुगेको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

National Life

उहाँका अनुसार कोरोना संक्रमणबाट आज एक सय १७ जना डिस्चार्ज हुनु भएको छ । जस मध्ये एक सय नौ जना महिला र आठ जना महिला रहनु भएको छ । यसका साथै नेपालमा कोरोना मुक्त हुनेको संख्या एक हजार एक सय ५८ जना पुगेको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भइसकेको छ । हाल सम्म नेपालका ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया