• २५ भदौ २०८३, बिहीबार
  • ३ः२० राती

महिलाका लागि छुट्टै क्वारेन्टाइन हुनुपर्ने सांसदहरूको माग

प्रकाशित मिति

२०७७ असार २ गते, मंगलवार ०४:१६

काठमाडौँ, आजको राष्ट्रियसभा बैठकमा सांसदहरूले महिलाका लागि छुट्टै क्वारेन्टाइन हुनुपर्ने माग राखेका छन्‌ । सुदूरपश्चिमको कैलालीस्थित लम्की चुहानगरपालिकामा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कार भएपछि महिला सांसदहरूले यस्तो माग गरेका हुन्‌ ।

National Life

राष्ट्रियसभाको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टीकी दिलकुमारी रावलले कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भर्त्सना गर्दै दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गरिन् ।

नेकपाकै महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा जोड दिए । सोही पार्टीका मायाप्रसाद शर्माले रोजगारीको सिलसिलामा मलेसिया गएका जाजरकोट नरगाढा नगरपालिकाका वीरबहादुर कामीको जेठ १५ गते मृत्यु भएको बताउँदै शव नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्‌ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली कांग्रेसका प्रकाश पन्थले देशैभरी क्वारेन्टाइनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै कैलालीको क्वारेन्टाइनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय रहेको बताए । उनले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

प्रतिकृया