• २ असोज २०८३, शुक्रबार
  • २ः३३ दिउँसो

सांसद सरिता गिरीको घरमा आक्रमण गर्ने एक जना वसन्तपुरबाट पक्राउ

प्रकाशित मिति

२०७७ जेष्ठ ३० गते, शुक्रबार ०५:०७

काठमाडौं , प्रतिनिधिसभाकी सांसद सरिता गिरीको घरमा आक्रमण गर्ने एक जनालाई पक्राउ परेका छन् । स्वतन्त्र रुपमा सबै नागरिकलाई आन्दोलनमा सहभागी हुन आह्वान गर्दै गठन भएको आन्दोलनरत भ्रष्टाचार र एमसीसीविरुद्ध संयुक्त आन्दोलन संयोजक समितिका सदस्य विद्यार्थी अभियन्ता हेमराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

National Life

शुक्रबार बिहान काठमाडौंको वसन्तपुरमा आयोजित विरोध प्रदर्शनमा सहभागी भएको बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।उनीहरुको समूहले तत्कालिन संघीय समाजवादी पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधिसभामा सांसद भएकी गिरीको घरमा केहि दिन पहिला आक्रमण गरेका थिए ।

नेपालले आफ्नो भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा सार्वजनिक गरेकोमा लगातार आपत्तिजन अभिव्यक्ति दिँदै सांसद गिरीले पछिल्लो पटक यसको विरोधमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएकी छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसको विरोधमा विभिन्न राजनीतिक दलहरुले समेत गिरीलाई कारबाहीको माग गर्दै आएका छन् । यता जनता समाजवादी पार्टीले विज्ञप्ति जारी गर्दै सांसद गिरीलाई कारबाही गर्ने चेतावनी दिइसकेको छ ।

यसैगरी स्वतन्त्र राष्ट्रि अभियान नेपालले थापालाई तत्काल रिहा गर्न माग गरेको छ । स्वतन्त्र नेपालका संयोजक स्वतन्त्र राष्ट्रिय अभियान नेपालले विज्ञप्ति जारी गर्दै थापालाई तत्काल रिहा गर्न माग गरेको हो ।

प्रतिकृया