• 1:39 am

सबै कोरोना संक्रमितलाई अस्पतालमा राख्न सक्दैनौं : प्रदेश नं. ५

प्रकाशित मिति

२०७७ जेष्ठ ३० गते, शुक्रबार ०५:३१

काठमाडौं, प्रदेश ५ सरकारले कोरोना संक्रमण पुष्टि भएका सबै संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्न नसकिने अभिव्यक्ति दिएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले अब कोरोना संक्रमितलाई अस्पताल बाहिरकै आइसोलेसनमा राख्ने निर्णय गरेको हो ।

जिल्ला स्तरीय, स्थानीय तह स्तरीय र सेल्फ आइसोलेसन सेन्टरको मापदण्ड स्वीकृत गर्दै बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताउनुभयो ।

प्रदेश सरकारले बुटवल, भैरहवा, दाङ र नेपालगञ्ज गरी चार ठाउँमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । ती चार अस्पतालमा रहेका २ सय ३२ वटा आइसोलेसन बेड कोरोना संक्रमित बिरामीले भरिएका छन् । संक्रमित बढ्दै गएपछि स्थानीय तहमा बनाइएको ३ सय ५९ आइसोलेसन सेन्टरमा २ हजार ५९ बेड छन् ।

प्रदेशमा अझै करिब ८ स्वाब पीसीआर परीक्षणको पालो पर्खेर बसेका छन् । ठूलो संख्यामा नतिजा आउन बाँकी रहेकाले सरकारले अब कोरोना अस्पतालमा राखेर उपचार गर्न नसक्ने निचोडमा पुगेको प्रदेश सरकारका प्रवक्ता चौधरीले बताउनुभयो ।

प्रतिकृया