• २ असोज २०८३, शुक्रबार
  • ४ः३४ बेलुका

गायिका मेलिना राईद्वारा संगीतकार संघ नेपालको कल्याणकारी कोषलाई एक लाख सहयोग

प्रकाशित मिति

२०७७ जेष्ठ १६ गते, शुक्रबार १०:५०

 

National Life

काठमाडौं । गायिका मेलिना राईले संगीतकार संघ नेपालको कल्याणकारी कोषलाई एक लाख सहयोग गरेकि छिन् ।

सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेको छ । करिव दुई महिनाभन्दा बढि समयदेखि लकडाउन हुँदा सबै क्षेत्रमा असर परिरहेको छ । यो कुरालाई मध्यनजर गर्दै विभिन्न व्यक्ति, समूह र संस्थाहरुले खाद्यन्नसहित विभिन्न राहत वितरण गरिरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैक्रम गायिका मेलिना राईले कोरोनाको कारण सिर्जित समस्यालाई ध्यानमा राख्दै सहयोग गरेकी छन् । उनले संगीतकार संघ नेपालको कल्याणकारी कोषमा र एक लाख सहयोग गरेकी हुन् । सामाजिक संजालमा पोष्ट गर्दै संघले उक्त विषयको जानकारी दिएको छ । साथै संघले सहयोगका लागि राईलाई धन्यवाद ज्ञापन समेत गरेको छ । संगीतकार संघ नेपालले लकडाउनका कारण सिर्जनशिल श्रम गरेर परिवार र आफु पालिन्दै आएका श्रष्टाहरूलाई समस्या परेको अवस्थामा सहयोग पुर्याउने उदेश्यले सहयोग अभियान चलाइरहेको छ ।

प्रतिकृया