• २५ भदौ २०८३, बिहीबार
  • ९ः४८ राती

नक्कली प्रेस कार्ड बोक्दै चोरीमा संलग्न दुई जना पक्राउ

प्रकाशित मिति

२०७७ जेष्ठ ७ गते, बुधबार ०५:३६

काठमाडौँ, विश्वव्यापी कोरोना भाइरसको महाकारीको मौका छोपेर रात तथा दिनको समयमा नक्कली प्रेस कार्ड बोकेर चोरी कार्यमा संलग्न दुई जनालाई प्रहरीको महानगरीय अपराध महाशाखाले टोलीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये सुनसरी ईटहरी उपमहानगरपालिका–१४ का स्थायी घर भई काठमाडौँ धुम्बराही बस्ने २१ वर्षका आश्रय रिजाल र हम्मे भनिने हिमाल रसाइलीलाई प्रहरीले पक्राउ गरेको हो ।

National Life

पक्राउ परेका रसाइलीले एपी वान टेलिभिजनको नक्कली परिचयपत्र समेत बोकेका थिए । प्रहरीले पक्राउ गरेको समयमा उनले प्रेसको परिचयपत्र लगाइरहेका थिए ।

त्यस्तै प्रहरीले बारा जिल्लाको बडुकी गाउँपालिका–३ स्थायी घर भई काठमाडौँको ओमबहाल बस्ने २८ वर्षका आलम मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महामारीको अवस्थामा चोरीका घटनालाई नियन्त्रण गर्न महाशाखा तथा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले काठमाडौँ महानगरपालिका वडा न ९ सिनामङ्गलको एनेर ५१ ब्वाइज होस्टलबाट विभिन्न समयमा चार थान ल्यापटप तथा चैत्र २४ गते वडा न ७ चाबहिल भत्केको पुलमा डा. सुबिन मानन्धरको एप्पलको ल्यापटप, प्रो आइप्याड चोरी गरेको अभियोगमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले अनुसन्धानको क्रममा प्राप्त भएको सिसिटिभी फुटेजलाई अध्ययन गर्दा चोरी गर्ने क्रममा रोकेर राखेको एभेन्जर मोटरसाइकल पन्छाउँदा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

चोरीमा संलग्न व्यक्तिहरूले प्रहरीबाट उम्कन एपी वान टेलिभिजनको प्रेसकार्ड देखाई आफूलाई पत्रकार हो भनी बताएको र उनीहरूको झोला जाँच गर्दा चोरी गरेका विभिन्न ब्राण्डका ल्यापटपहरू, मोबाइल फोन, डिएसएलआर क्यामेरा, नगद ५३ हजार तथा अमेरिकन डलर तीन सय, चाइनिज युआन दुई सय तथा धारिलो हतियारसमेत फेला परेको महानगरीय अपराध महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रतिकृया