• २५ भदौ २०८३, बिहीबार
  • १०ः३२ राती

समानान्तरका मजदुरको कोरोना परीक्षण

प्रकाशित मिति

२०७७ जेष्ठ ७ गते, बुधबार ०६:१८

रमेश गिरी
भक्तपुर, नेपालमा पनि फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको जोखिम मजदुर वर्गमा पनि रहेपछि भक्तपुरका मजदुरहरुको कोभिड–१९ को परीक्षण सुरु गरेको छ । समानान्तर निर्माण सेवा प्रा.ली.ले आजदेखि मजदुर वर्गको स्वास्थ्यको ख्याल गर्दै कोरोना भाइरसको परीक्षण सुरु गरेको हो ।

National Life

भक्तपुरको सूर्यविनायक नगरपालिका अस्पताल दधिकोटमा पहिलो चरणमा समानान्तर निर्माण सेवा प्रा.ली. अन्तर्गत सडक, बिभिन्न विकासका भौतिक संरचना निर्माणको कार्यमा अहोरात्र खटिने मजदुरहरुको द्रतगतिको आरडिटी परीक्षण गरेको प्रा.ली.का निर्देशक सुमन थापाले जानकारी दिनुभयो ।

निर्देशक थापाले भन्नुभयो–“विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि फैलिदैछ, यस्तो अबस्थामा उच्च जोखिममा रहेकाले मजदुर वर्गको परीक्षण गर्नु हाम्रो दायित्व हो, त्यसैले विकासका काममा अग्रभागमा रहेर काम गर्दै आएका सडक, विभिन्न निर्माण क्षेत्रका कार्यरत मजदुरदेखि अधिकृतसम्मको कोरोना परीक्षण गराएका हौ ।”

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना भाइरसबाट मजदुरलाई पनि सुरक्षित राख्नु पर्ने भएकाले सडकलगायत बिभिन्न निर्माणका क्षेत्रमा काम गर्ने ३५ जना मजदुरको कोरोना परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । दोश्रो चरणमा थप मजदुरको पनि परीक्षण गराउदै जाने र आवश्यकता परेमा मजदुरहरुको पुनः परीक्षण गराइने निर्देशक थापाले जानकारी दिनुभयो ।
सूर्यविनायक नगरपालिका अस्पतालका स्वास्थ्य अधिकृत सुन्दरहरि श्रेष्ठले नगरपालिका अस्पतालले हिजोसम्ममा १२२ जनाको र आज ३५ जना मजदुर गरी १५७ को आरडिटी परीक्षण गराएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो ।

अस्पतालमा दैनिक ज्वरो लगायत विभिन्न रोगको स्वास्थ्य परीक्षण, प्रसुती सेवा, परिवार नियोजन, ल्याब, स्वास्थ्य बिमाका विराीको परीक्षण, कोरोना परीक्षण गर्दै आएको जानकारी दिदै एक महिनाको अबधीमा आकस्मिक कक्षमा ५१ र अन्यमा ६७० जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनुभयो ।

प्रतिकृया