• ७ असोज २०८३, बुधबार
  • १०ः१७ बिहान

क्लासिक टेकले गर्यो लकडाउनमा खटिने कर्मचारीहरुको कोरोना बीमा

प्रकाशित मिति

२०७७ जेष्ठ ५ गते, सोमबार १२:५१

काठमाडौं, ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले हाल कार्यरत कर्मचारीहरूको कोरोना बीमा गरि दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले यही जेठ २० गतेसम्म लकडाउन कायम गरेको छ ।

National Life

यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि उत्तः कम्पनीले अहिले कार्यरत कर्मचारीहरुको कोरोना वीमा गरिदिएको हो ।

यस्तो परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा पीपीई र सेफ्टी किट्स प्रयोग गर्दै खटिरहेको क्लासिक टेक प्रा. लिले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया