• ८ असोज २०८३, बिहीबार
  • १२ः३९ दिउँसो

आमा

प्रकाशित मिति

२०७७ जेष्ठ ५ गते, सोमबार १२:२७

सिसम खतिवडा

National Life

माया, ममता र स्नेहकी खानी तिमी
आदर, भक्ति र सम्मान गर्छौ हामी ।
खाइ(नखाई मेरो पालन गर्छेऊ
सन्तानको लागि तिमी आफै मर्छेऊ ।।

मेरो शक्ति र उर्जाको स्रोत तिमी
मार्गदर्शक र उत्प्रेरक पनि तिमी ।
सरस्वती, लक्ष्मी र दुर्गाको रुप हौ तिमी
अँध्यारोलाई हटाउँछेऊ उज्यालो दीप बनी ।।

Classic Tech Mobile
Classic Tech Desktop

मेरो पहिचान र परिचय पनि तिमी
मेरो पाठशाला, पाकशाला पनि तिमी ।
मेरो प्रशिक्षक अनि गुरु पनि तिमी
मेरो भोलिको भविष्य द्रष्टा तिमी ।।

तिम्रो काखमा हुर्कन पाउनु मेरो भाग्य
तिम्रो साथ पाउनु अझै ठूलो सौभाग्य ।
मेरो लागि तिमी नै हौ सम्पूर्ण
तिम्रो साथ बिना म हुन्न पूर्ण ।।

प्रतिकृया