• ७ असोज २०८३, बुधबार
  • ११ः५० बिहान

कोरोनाबाट मृत्यु भएकी महिलाका परिवारको पीसीआर रिपोर्ट नेगेटिभ

प्रकाशित मिति

२०७७ जेष्ठ ५ गते, सोमबार ०१:०९

काठमाडौं, कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । निधन भएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा रहेका परिवारका चारजना सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको बाह्रबिसे गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख होमनाथ लामिछानेले जानकारी दिए ।

National Life

मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएको थियो । मृतक महिलाका १३ दिने शिशुसहित परिवारका चारैजनाको रिपोर्ट नेगेटिभ आएको र शिशुसहित चारैजनालाई हाल धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।

सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको गत बिहीबार मृत्यु भएको थियो । उनी नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया