• २१ भदौ २०८३, आइतबार
  • २ः४३ दिउँसो

बझाङको एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार

प्रकाशित मिति

२०७७ बैशाख २३ गते, मंगलवार ०८:३६

बझाङ । बझाङको केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया एक सुत्केरी महिलाको सोमबार हेलिकोप्टरद्वारा उद्धार गरिएको छ ।

National Life

बझाङ जिल्ला अस्पतालमा यही वैशाख १२ गते शल्यक्रिया गरी प्रसूति भएकी जानकीदेवी रावलको पेट सुन्निने समस्या आई उपचार सम्भव नभएपछि सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पहलमा धनगढीबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको सामाजिक विकासमन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।

शल्यक्रियाबाट प्रसूति भएकी रावलको उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा सिफारिस हुँदै सेती प्रादेशिक अस्पतालमा ल्याइएको र सेती प्रादेशिक अस्पतालमा पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको बताइको छ ।

Classic Tech Desktop

उनलाई सुदूरपश्चिम सरकारको पहाडी जिल्लाका जटिल सुत्केरी अवस्थाका महिलालाई उद्धार गर्ने एयरलिफ्ट कार्यक्रममार्फत उद्धार गरिएको बताइएको छ ।

प्रतिकृया