• २१ भदौ २०८३, आइतबार
  • १०ः३२ बिहान

सांसद विकास कोष खारेज गर्न कांग्रेसको माग

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार ०३:४५

काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सांसद विकास कोषको नीति खारेज गर्न सरकारसँग माग गरेको छ। १७ वैशाखमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लगानी बढाउन सांसद विकास कोष खारेज गर्न सरकारसँग माग गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।

National Life

उहाँका अनुसार कोरोनाको जोखिम सामना गर्न मुलुकलाई जरुरी पर्ने ठूलो रकमका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सांसद विकास कोषका रूपमा विनियोजन गरिँदै आएको नीति खारेज गरेर कोरोनाविरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न बैठकले सरकारसँग माग गरेको हो।

यसअघि नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सांसद विकास कोष खारेज गर्नुपर्ने बताउनु भएको थियो। अन्य केही सांसद तथा नेताहरूले पनि यसलाई खारेज गर्नुपर्ने माग गर्दै आएका छन्।

Classic Tech Desktop

कांग्रेसले संसद बैठक अविलम्ब बोलाउन पनि माग गरेको छ। कोरोना जोखिमको कारण उत्पन्न परिस्थिति, बजेट र सरकारको कामका सम्बन्धमा संसदमा गम्भीर छलफल हुन जरुरी रहेको भन्दै उसले तत्काल संघीय संसदको बैठक बोलाउन माग गरेको हो।

कांग्रेसले विश्वका विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेशमा ल्याउन, पीसीआर प्रविधिमार्फत् कोरोना परीक्षणलाई ७७ जिल्लामै तीव्रता दिन, उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामाग्रीको पर्याप्त व्यवस्था गर्न, कोभिड–१९ को उपचारका लागि आवश्यक सबै व्यवस्था तत्काल मिलाउन पनि माग गरेको छ।

यसैगरी, निश्चित मापदण्डमा क्वारेन्टाइन व्यवस्थित गर्न पनि उसले माग गरेको छ। मापदण्ड विपरीतका क्वारेन्टाइनबाट मलेरीया लगायतका अन्य विविध रोगहरूको संक्रमण विस्तारको जोखिम थप बढ्दै गएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिकृया