• २१ भदौ २०८३, आइतबार
  • १०ः३१ बिहान

सांसद यादवले दिए मानव अधिकार आयोगमा अपहरणको उजुरी

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार ०४:०५

काठमाडौं, जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिनुभएको छ ।

National Life

बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहना अन्सारीसँग भेट गरी उजुरी पत्र दिनु भएको हो । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताउनुभयो ।

‘अपहरण भएको भए मानव अधिकारको उल्लङ्घन हुन्छ, मानव अधिकार पुनर्स्थापना गर्न हामी बोल्छौँ’ उहाँले भन्नुभयो । महोत्तरीस्थित घरमै रहेका डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए । त्यसपछि साँझ मेरियट होटलमा बास बसेका डा‍. यादवले भोलिपल्टदेखि आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको बताउँदै आउनु भएको छ ।

Classic Tech Desktop

उहाँसहित जनता समाजवादी पार्टीका नेताहरू ‘अपहरण’ को उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुग्नुभएको थियो । तर दुवै निकायले डा.यादवको उजुरी लिन अस्वीकार गर्नु भएको थियो ।

प्रतिकृया