• २० भदौ २०८३, शनिबार
  • ४ः११ बेलुका

नहरमा डुबेर बालकको मृत्यु

प्रकाशित मिति

२०७७ बैशाख २ गते, मंगलवार ०८:३४

सुनसरी । आमासँगै नहरमा नुहाउनका लागि गएका जिल्लाको दुहवी नगरपालिका–७ स्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ ।

National Life

मृत्यु हुनेमा मोरङ रङगेली नगरपालिका २ घर भई दुहवी ७ मा रहेको एबीआई इँट्टाभट्टामा काम गर्ने सुरज ऋषिदेवको ८ वर्षीय छोरा करण ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आमासँगै नहरमा नुहाउनका लागि गएका बेला अचानक पानीमा डुवेर गम्भीर घाइते ती बालकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा सोमबार मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया