• २० भदौ २०८३, शनिबार
  • ४ः११ बेलुका

तरकारी बजार बन्द

प्रकाशित मिति

२०७७ बैशाख २ गते, मंगलवार ०६:५२

तुलसीपुर, भारतबाट तरकारी आयात गरेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तरकारी बजार मंगलबारदेखि बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै भारतबाट तरकारी आयात नगर्ने निर्णय विपरित तरकारी फलफूल आयात भएपछि तुलसीपुर–६ स्थित बजार सिल गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले बताए ।

National Life

प्रत्येक दिन पाँच वटासम्म भारतीय गाडीले तरकारी ल्याउने गरेका कारण कोरोना सङ्क्रमणको जोखिम बढेकाले सिल गरेको सङ्घका अध्यक्ष रावतले बताए । यस्तै भारतीय तरकारी र फलफूल बिक्री गरेको भन्दै सापकोटा तरकारी पसल र मनोज ‘फ्रुट हाउस’का सञ्चालकलाई कारबाही गरिने भएको छ ।

प्रतिकृया