• २१ भदौ २०८३, आइतबार
  • १ः३७ दिउँसो

मौसममा पश्चिमी वायूको प्रभाव, हावाहुरीसहित पानी पर्ने सम्भावना

प्रकाशित मिति

२०७७ बैशाख २ गते, मंगलवार ०९:१७

काठमाडौं । अहिले नेपालमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव छ। जसका कारण मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

आज देशको पश्चिमी पहाडी भू-भाग तथा पूर्वी भुभागमा आँशिकदेखि सामान्य बदली रहनेछ । मध्य भू-भागमा हल्का बर्षा भएको छ । काठमाडौं उपत्यकामा पनि आज विहान हल्का वर्षा भएको छ ।

देशको मध्य र पुर्वका थोरै स्थान तथा पश्चिमि पहाडी भू-भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गरहावाहुरिसहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

Classic Tech Desktop

आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशका केहि स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

रातिमा देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। मध्य र पश्चिमका पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

प्रतिकृया