• २४ भदौ २०८३, बुधबार
  • ४ः०५ बेलुका

विपतमा सहयोग आवश्यक

प्रकाशित मिति

२०७७ बैशाख १ गते, सोमबार ०३:१९

रीना भट्ट

National Life

सुरुवात एउटा कथाबाट, जसमा एउटा जंगल थियो जगंल भित्र धेरै पशुपंक्षिहरू थिए एकदिन जंगलमा एक्कासि आगो लाग्यो। यसरी आगो लागेको देखेर केहि पशुपंछी डराएर यताउता भाग्न लागेछन्। कतिचै उभिएर अब के गर्ने कसो गर्ने भन्दै एक अर्का दोष दिदै झगडा गर्न थालेछन ।ठिक त्यहि समयमा एउटा सानो चराले आगो जंगलमा एक्कासि लागेको देखेर केहि धैर्य गर्दै उडेर नजिकै को नदिमा आफ्नो सानो मुखमा आफ्नो चुच्चो मुख बाट पानी भरदै पट्क पटक जंगलको आगो निभाउन थालेछ।

धेरै जनाबरले त्यो सानो चराले यस्तो काम गरेको हेरिरहेका रहेछन् त्यहि मध्येका एउटा पंछी कागले आफूलाई चराको काम देखेर असहज महसुस भएकोले त्यो सानो चरालाई सोधेछ, ‘के तिम्रो त्यो मुखमा हालेको पानीले यत्रो ठूलो जंगलमा लागेको आगो निभाउन सक्छ ?’ यो सुनेर त्यो सानो चराले भने छ, ‘भाई मलाई थाहा छ म जस्तो सानो चराले आगो निभाउन सक्दैन भन्ने तर पनि म यस्तो बिपदको बेला हेरेर एक अर्कालाई दोषारोपण गरेर बस्न सक्दिन तसर्थ मेरो सानो प्रयासले पनि केही सकारात्मक काम गर्छ की भनेर मैले यो थोरै पानीले आगो निभाउने प्रयास गरेको हो। आज यो आगो मैले निभाउन पुरै नसकेता पनि जब भोली यो आगो निभिसक्छ त्यो बेला आगो निभाउन प्रयास गर्नेको नाम इतिहासमा आउँदा कतै न कतै मेरो पनि सानो प्रयासको भएपनि चर्चा हुन्छकी भनेर मैले आफ्नो तर्फबाट प्रयास गरेको हो ।’ भन्दै चराले जबाफ दियो।

Classic Tech Mobile
Classic Tech Desktop

मैले यस्तो बिपदको समयमा कसैको टिका टिप्पणी गरेर आगो दनदनी बलेको हेर्नु भन्दा मेरो सक्ने प्रयास द्वारा इतिहासको पानामा कसैको सम्झनामा म पर्न सक्छु भनेर मात्र मैले प्रयास गरेको हो दाई भनेर चराले कागलाई भनेछ। यो सुनेर सबै जनाबर अचम्मित भए अनि सबैले आ–आफ्नो मुखमा पानी ल्याउदै आगोमा खन्याउन थाले जसले बिस्तारै त्यो आगो नियन्त्रण भयो र सबै जनाबर एक हुदै फेरि हासि खुसी जंगलमा बस्न थाले। आजको समयमा कोरोना भाईरस पनि जंगलको आगो समान नै हामी समस्त मानब जातिको जीवनमा आएको छ । यस्तो अबस्थामा सानो चराले जस्तै हामी सबैले आ–आफ्नो राष्ट्र मा सहयोग गर्नु पर्छ। हाम्रो सहयोग भनेकै राज्यले भनेको कुरा लाई पालन गर्नु हो। जब पुरै विश्वबाट यो संकट समाप्त हुन्छ । त्यो समय हाम्रो देशको इतिहासमा पनि यो बेला सहयोग गर्ने नेपाली जनताको नाम स्वर्णिम अक्षरमा उल्लेख हुनेछ।

तसर्थ यस्तो बिपदको समयमा राज्यलाई साथ दिदै अगाडि बढ्न र बढाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू दुई हात जोडेर आग्रह गर्दै नयाँ बर्ष २०७७ नेपाल र नेपालीको गाथा लेख्ने बर्ष बन्ने संकल्प गर्दै अगाडि बढ्न सजिलो होस् भन्ने शुभकामना ब्यक्त गर्दछु। नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

प्रतिकृया