कोरोना कहरः विश्वभरी १८ लाख भन्दा बढी संक्रमित, एक लाख १४ हजार बढीको मृत्यु
प्रकाशित मिति
२०७७ बैशाख १ गते, सोमबार ०२:३१
काठमाडौं, विश्वभरी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना संक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरी एक लाख १४ हजार २७० को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ४ लाख २७ हजार ८०१ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ६० हजार ४३३ जना संक्रमित भएका छन् ।
यी हुन् कोरोनाबाट बढी प्रभावित १० मुलुक
देश मृतक सङ्क्रमित निको भएका
अमेरिका २२ हजार ११५ ५ लाख ६० हजार ४३३ ३२ हजार ६३४
स्पेन १७ हजार २०९ १ लाख ६६ हजार ८३१ ६२ हजार ३९१
इटाली १९ हजार ८९९ १ लाख ५६ हजार ३६३ ३४ हजार २११
फ्रान्स १४ हजार ३९३ १ लाख ३२ हजार ५९१ २७ हजार १८६
जर्मनी ३ हजार २२ १ लाख २७ हजार ८५४ ६० हजार ३००
बेलायत १० हजार ६१२ ८४ हजार २७९ ३४४
चीन ३ हजार ३४१ ८२ हजार १६० ७७ हजार ६६३
इरान ४ हजार ४७४ ७१ हजार ६८६ ४३ हजार ८९४
टर्की १ हजार १९८ ५६ हजार ९५६ ३ हजार ४४६
बेल्जियम ३ हजार ६०० २९ हजार ६४७ ६ हजार ४६३
रासस–एपी–एएफपी






प्रतिकृया