• २५ भदौ २०८३, बिहीबार
  • ८ः४७ राती

कोरोना संक्रमित ५ जनाकै स्वास्थ्य अवस्था सामान्य छः सेती अस्पताल

प्रकाशित मिति

२०७७ बैशाख १ गते, सोमबार ०४:२३

धनगढी, सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमित ५ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ। अस्पतालमा आज मात्रै एक जना संक्रमित थपिएको बताउँदै अस्पतालले ५ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको हो।

National Life

सुरुमा धनगढी उप–महनागरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, त्यसपछि कैलालीको लम्कका २१ बर्षीय युवक, कञ्चनपुरको बेदकोटका ४१ बर्षीय पुरुष र धनगढी ५ कै ३४ बर्षीय महिलामा कोरोनाको संक्रमण देखिएको थियो। आज मात्रै लम्कीकी महिलामा पनि कोरोना संक्रमणको पुष्टि भएको हो।

उनलाई आज सेती प्रादेशिक अस्पताल ल्याईएको थियो। उनी परिवारका अन्य तीन जना सदस्यसंर्गै चैत १८ गते विरगञ्जबाट लम्की आएकी थिईन्। १४ दिन क्वारेन्टाईनमा बसेकी उनलाई २९ गते ¥यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएकोमा आज प्रयोगशाला परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि अस्पताल ल्याईएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

सेती अस्पतालमा संकास्पद थप एक जनाको समेत आईसोलेसनमा उपचार भईरहेको प्रादेशिक अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ। अहिले सम्म अस्पतालबाट स्वाव संकलन संख्या भएका १०३ जनाको नमूना परीक्षणको रिपोर्ट आईसकेको छ भने १९ जनाको आउन बाँकी छ।

प्रतिकृया