• २४ भदौ २०८३, बुधबार
  • ७ः३३ बेलुका

आइसोलेसन वार्डमा भर्ना गरिएका २ जना भागेपछि…

प्रकाशित मिति

२०७६ चैत्र ३० गते, आईतवार ०६:३६

डडेल्धुरा, डडेलधुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका २ जना भागेका छन् । कोरोना भाइरस (कोभिड–१९) को आशंकामा डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसुलेसन वार्डमा भर्ना गरिएका उनीहरु शनिबार दिउँसो भागेका हुन्।

National Life

कोभिड–१९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएका उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरुलाई तीन दिन अघि आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनीहरु दुवैजनाको नमुना संकलन गरेर काठमाडौं पठाइएको छ।

अस्पतालबाट भागेका उनीहरूहरू भागेश्वर गाउँपालिका– ३ नानीगाडका व्यक्ति रहेको र अहिले उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया