कोभिड–१९ संक्रमित तीनजनासँग सम्पर्कमा आएकाको कन्ट्रयाक्ट ट्रेसिङ शुरु
प्रकाशित मिति
२०७६ चैत्र ३० गते, आईतवार ०५:१६
काठमाडौं, देशभर आज अपरान्हसम्म ५ हजारभन्दा बढीको कोभिड १९ टेष्ट भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल टेष्टबाट १२ जनामा संक्रमण भेटिएको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले ३७, ४४ र ५५ वर्षीय संक्रमित नारायणी अस्पतालमा उपचाररत रहेको जानकारी दिए । उनले भने, ‘कन्ट्राक ट्रेसिङ सुचारु भइसकेको छ ।’
यसअघि स्वास्थ्य मन्त्रालयले संक्रमितहरु छपकैयास्थित मस्जिदमा बस्दै आएको र शंका लागी नारायणी अस्पताल वीरगंजमा आइशोलेशनमा राखिएको जानकारी दिएको थियो । त्यही उनीहरुको थ्रोट स्वाब परीक्षण गरिएको थियो ।
२१ जनाको परीक्षण गरिएकोमा तीनजनाको पोजेटिभ देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको ल्याब परीक्षण गरिएको र पुन यकिन गर्न २९ चैत्रमा पुनः परीक्षण गरिएकोमा त्यहाँबाट पनि पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना भाइरस संक्रमित तीनैजना पुरुष भएको र उनीहरुको उमेर ३७, ४४ र ५५ वर्षको रहेको जानकारी दिएको छ । उनीहरुको संसर्ग र गएको स्थान समेत पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरु भइरहेको मन्त्रालयले जनाएको छ ।






प्रतिकृया