लकडाउनले सिकाएका कुरा
प्रकाशित मिति
२०७६ चैत्र २९ गते, शनिबार ०१:५४
दीपा सिँखडा

१) कोरोनाले नमस्ते सिकायो
२) खानु अघि सल्ल मात्र हात धुनेलाई साबुन पानीले मिचिमिची हात धुन सिकायो
३) एकलकाँटे हुनु पनि क्षमता रहेछ भन्ने सिकायो
४) पशुपतिनाथ भन्दा अर्को ठुलो मन्दिर टेकुमा रहेछ भन्ने देखायो
५) आर्मि पुलिस मात्र होईन परि आयको खन्डमा Doctor / Nurse पनि देश र जनताको रक्षाको लागि ज्यान बाजिमा राखेर लड्ने रहेछन् भन्ने सिकायो
६) कृषि पेशालाइ माया अनि इज्जत गर्न सिकायो
७) मोमो, चाउमिन , पिज्जा बाहेक अरु पनि घरमै धेरै खाजाहरु रहेछन भन्ने सिकायो
८)९० प्रतिशत कपडा बेकारमा किनेका रहेछौं थाहा भयो
९) गुन्द्रुक लाई रास्ट्रिय तरकारी जानेर बनाइयको रहेछ
१०) पकेट मनि १००० ले १ महिना चल्दो रहेछ, जिबनयापनको खर्च त बहुद कम रहेछ । लाइफ स्टाइल र देखावटी मात्र खर्चिलो हुदो रहेछ ।
११) नाफा घाटाको जोड घटाउ छाडेर जीवन रक्षा गर्न सिकाइदियो
१२) बरु पशुलाई रोक्न छेक्न सजिलो ,मान्छेलाई बढो गार्हो हुने रहेछ भन्ने देखायो
१३) घरबाट काम (Work From Home) त त्यस्तै हो । घरको काम चाहि गर्न सिकायो
१४) मानिसको सबैभन्दा ठूलो सम्पत्ति स्वास्थ्य हो ।



प्रतिकृया