• २१ भदौ २०८३, आइतबार
  • १ः३९ दिउँसो

अमेरिकामा दुई नेपाली कोठामै मृत भेटिए, मृत भेटिएकोमा कोरोना भएको आशंका

प्रकाशित मिति

२०७६ चैत्र २३ गते, आईतवार १०:४२

 

National Life

काठमाडौं । अमेरिकाको कोरोनाबाट सबभन्दा बढी प्रभावित न्युयोर्कमा दुई नेपालीको कोठामै मृत भेटिएको छ । मृत्यु भएको दुई नेपालीमा कोरोनाको भएको आशंका गरिएको छ ।

मृत्यु हुनेमा मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्दै आएका सोनाम लामा र ज्याक्सन हाइट बस्दै आएका थोंग्वेन विष्ट रहेका छन् ।
अन्दाजी करिब ४० वर्षीय सोनामको आफ्नै कोठामा मृत्यु भएको बताइएको छ । उनी केही दिनदेखि बिरामी भएर घरमा आरम गरिरहेका थिए।

Classic Tech Desktop

फोनमा समेत सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएका बताइएको छ। उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएको छ । मृतको रिपोर्ट आउन बाँकी छ।

सोनामको परिवार भने नेपालमा नै रहेको बताइएको छ । उनी करिब १८ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । उनको शव प्रहरीले लगेको छ ।

प्रतिकृया