म.थि.न.पा. वडा २ द्वारा कुकुरहरुलाई खाना खुवाउने अभियान सुरु
प्रकाशित मिति
२०७६ चैत्र १९ गते, बुधबार ०२:२७
आजबाट खाद्यन्न राहत वितरण गरिनेः वडा अध्यक्ष राम थापामगर

भक्तपुर, कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले यही चैत्र ११ गतेबाट लकडाउन गरे संगै सडकका कुकुर, गाई, बाँदरलगायतका पशु चौपाया भोकै भएका छन् । सोही क्रममा मध्यपुरठिमी नगरपालिका वडा नम्बर २ ले आज देखि भोकभोकै रहेका कुकुरहरुलाई खाना खुवाउने कार्यक्रम सुरु गरेको छ । वडाको विभिन्न स्थानमा वडा अध्यक्ष रामथापा मगरको नेतृत्वमा नेपाल प्रहरी, नेपाल सैनिक, वडा सदस्य लगायतको टोलीले खाना खुवाउने अभियान सुरु गरेको हो । यस अभियानलाई लकडाउन नखुल्दा सम्म जारी गर्ने टोलीले जनाएको छ ।
वडाको विभिन्न स्थान सानो ठिमी, मगर गाउँ, धुन्चेपाखा लगायतका विभिन्न टोलटोलमा रहेका कुकुरहरुलाई दालभात, मासु खुवाउनुका साथै चरा चुरुङ्गीलाई समेत खाने कुरा दिइएको थियो ।

साथै वडा अध्यक्ष रामथापामगरले आज बेलुकाबाट विपन्न परिवार, ज्यालामज्दुरी गर्ने परिवार तथा कुनै संघसंस्थाबाट तलब नखाने परिवारलाई खाद्यन्न राहत वितरण गर्ने बताउनुभयो । विपद्हरुलाई राहतमा चार जनाको एक परिवारलाई दश किलो चमल, आधा लिटर तेल, एक प्याकेट नुन, र आधा किलोग्राम दालमोट लगायतका खाद्यन्न सामग्री वितारण गर्ने उहाँले बताउनुभयो ।
वडा अध्यक्ष मगरले कोरोनाको महामारीको समयमा नेपाल सरकारले लगाएको लकडाउन आफ्नो लागि हो मानेर पुर्णरुपमा पालना गरिदिन वडावसीलाई अपिल गर्नु भएको छ । त्यसैगरी विपन्न परिवारलाई सही पहिचान गराई दिनका लागि फोन, एसएमएस, समाजिक संजाल आदीबाट जनाकारी गराउन समेत अपिल गर्नु भएको छ ।
विश्भरीका दुई सय राष्ट्रमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले देशभर लकडाउन लगाएको छ । हाल सम्म नेपालमा पाँच जनामा कोरोनाको संक्रमण देखिएको छ भने एक जनालाई सन्चो भइसकेको छ ।









प्रतिकृया