• २२ भदौ २०८३, सोमबार
  • १२ः५९ राती

भरुवा बन्दुक पड्किँदा एक जना घाइते

प्रकाशित मिति

२०७६ चैत्र १९ गते, बुधबार ११:५३

गोरखा, आफैले बोकेको भरुवा बन्दुक पड्किँदा बारपाक सुलीकोट गाउँपालिका–७ अमले बस्ने ५८ वर्षीय तुल बहादुर गुरुङ मंगलबार साँझ घाइते भएका छन् ।

National Life

घर नजिकैको जंगलमा बाघलाई तर्साउन भनी भरुवा बन्दुक लिई गएकोमा उक्त बन्दुक आफै पड्किँदा गुरुङ घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी घ्याम्पेसालबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाएको छ । साथै घटनास्थलबाट प्रहरीले भरुवा बन्दुक १ थान बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया