• २२ भदौ २०८३, सोमबार
  • ६ः१७ बेलुका

ठूलो दुर्घटनाबाट जोगियो समिट एयरको जहाज, रामेछापमा आकस्मिक अवतरण

प्रकाशित मिति

२०७६ चैत्र ९ गते, आईतवार ०३:०४

 

National Life

काठमाडौं । काठमाडौंबाट लुक्काका लागि उडेको समिट एयर नाइन एन एएमजी कल साइनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
आइतबार बिहान ९ बजेतिर जहाजका दुवै इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको नागरिक उडड्यन कार्यालय रामेछापका एटिसी विवस दाहालले जानकारी दिएका छन् । विमानमा रहेका १८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल रहेका छन। दाहालका अनुसार जहाजका दुवै इन्जिन फेल भएपछि समिट एयरको सो जहाजले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो। तारा यएरको नाइन एन एईटी नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसी समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो। ‘समस्यामा परेको जहाजले हामीलाई खवर गरेको थिएन, आकाशमै तारा एयरको जहाजसँग कुरा भएछ’ दाहालले भने ‘त्यसपछि मैले उसलाई सम्पर्क गरे। तत्काल २ मिनेट भित्र अग्नि नियन्त्रण र सुरक्षाको प्रबन्ध मिलाउँदै विमानस्थल खाली गराएका थिए।’

प्रतिकृया