• २१ भदौ २०८३, आइतबार
  • ४ः१५ बेलुका

नेपाली भूमिमा सीमा पिल्लर गाडिएको भन्दै स्थानीयद्वारा तोडफोड

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार ०७:४६

कञ्चनपुर । कञ्चनपुरमा नेपाली भूमिमा गाडिएको सीमा पिल्लर स्थानीयले तोडिदिएका छन्। शनिबार उनीहरुले हालै नेपाल भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३÷४ नम्बर पिल्लर हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका हुन।

National Life

नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरीप्रसाद बोहराले सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा पर्न लागेकाले काँग्रेसले सो क्षेत्रमा स्थलगत अनुगमन गरेका बताए। ‘हामी त्यहाँ पुग्नु अवागै तोडफोड भइसकेको रहेछ’ उनले भने, ‘सीमा पिल्लर तोडिनु जनआक्र्रोस हो।’ सीमा पिल्लर तोडफोड भएपछि सो क्षेत्रमा सुरक्षा सर्तकता अपनाइएको छ।

नेपालीको लालपुर्जाधारी जमिनमा सीमा पिल्लर गाडेर नेपाली भूमि हड्प्न खोजेको भन्दै स्थानीयले विरोध गरेपछि सर्वेको काम रोकिएको थियो। साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीका स्थानीयको जमिन भारतमा परेपछि सीमा विवाद चुलिएको छ।

Classic Tech Desktop

प्रतिकृया