परीक्षार्थीलाई माक्स र तातो पानी वितरण
प्रकाशित मिति
२०७६ फाल्गुन २८ गते, बुधबार ०७:३३
ललितपुर । सामुदायिक विकास केन्द्र र भ्याली पब्लिक माविले पुनः प्रयोग गर्न मिल्ने माक्स नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
महालक्ष्मी नगरपालिकाको आधारभूत तहको परीक्षामा सहभागि हुने एक हजार ९५४ जना विद्यार्थीलाई निःशुल्करुपमा प्रदान गर्नका लागि मंगलवार केन्द्र र भ्याली पब्लिक माविले संयुक्तरुपमा नगर प्रमुख रामेश्वर श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।
उक्त माक्स फागुन २९ गतेबाट शुरु हुने आधारभूत तहको परीक्षामा सामेल हुने परीक्षीर्थीहरुलाई सम्बन्धीत परीक्षा केन्द्रको हेल्थ डेक्सबाट उपलब्ध गराईने तयारी गरिएको छ । उक्त माम्स वितरणले विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण हुनबाट बच्न सकिन्छ भन्ने आत्मविश्वास बृद्धि हुने नगरप्रमुख श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा सातवटै परीक्षा केन्द्रमा हेल्थ डेक्स रहने, परीक्षार्थीहरुलाई तातो पानी उपलब्ध गराई, इच्छुक अभिभावक, शिक्षक र पत्रकारलाई परीक्षाको व्यवस्थापनको निरिक्षाण गर्ने व्यवस्था गरिएको छ । नगरपालिकाको यस कार्यले परीक्षामा सहभागि हुने विद्यार्थीको आत्मविश्वास बृद्धि भएको जनाइएको छ ।






प्रतिकृया