बैंक अफ काठमाण्डू लिमिटेडको भिसा नगद फिर्ता योजना
प्रकाशित मिति
२०७६ फाल्गुन १९ गते, सोमबार ०१:१५
काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडले कार्ड बाहक ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको लाभलाई मध्यनजर गर्दै बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
कार्ड बाहक ग्राहक महानुभावहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र POS तथा E-Commerce कारोबार गर्दा रु. ५०० नगद फिर्ता पाइने । जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा POS कारोबार गर्दा रु. २५० नगद फिर्ता पाइने छ । कम्तीमा २ वटा E-Commerce कारोबार गर्दा रु. २५० नगद फिर्ता पाइने बैंकले जनाएको छ ।

यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकहरुलाई अनुरोध गरेको छ । उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।




प्रतिकृया