• २० असार २०८३, शनिबार
  • ५:२३ बेलुका

एल क्यासिकोमा ४ वर्षपछि रियल मड्रिडको जित

प्रकाशित मिति

२०७६ फाल्गुन १९ गते, सोमबार ०८:१०

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत यस सिजनको दोस्रो एल क्यासिकोमा बार्सिलोना पराजित भएको छ । सोमबार बिहान रियल मड्रिडको मैदानमा भएको खेलमा रियल मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनालाई २–० ले पराजित गरेको हो । जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ भने बार्सिलोना दोस्रो स्थानमा झरेको छ ।

घरेलु मैदानमा रियलले बार्सिलोनाबाट केही दबाब खेपे पनि बलियो प्रतिरक्षा गर्दै जित हासिल र्गयो । लामो समय गोलरहित अवस्थामा चलिरहेको खेलमा रियलका लागि भेनिसियस जुनियरले ७१औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाए ।

Kamana Sewa

अतिरिक्त समयको दोस्रो मिनेटमा डिन मेजियाले अर्काे गोल थपेपछि बार्सिलोना नमिठो हार व्यहोर्न बाध्य भयो। जितपछि २६ खेलबाट ५६ अंक बनाएको रियल शीर्ष स्थानमा छ समान खेलबाट ५५ अंक रहेको बार्सिलोना दोस्रो स्थानमा छ ।

Classic Tech Desktop

एल क्यासिकोमा लामो सयमपछि रियल मड्रिडले जित निकाल्न सकेको हो । यसअघि पछिल्लो पटक रियल मड्रिडले २०१६ मा बार्सिलोनालाई उसकै मैदानमा २–१ ले हराए यता जित हात पार्न सकेको थिएन । रियलको मुख्य प्रशिक्षकका रुपमा जिनेदिने जिदानले रियल मड्रिडलाई पहिलो एल क्यालसिको जित दिलाएका छन् ।

प्रतिकृया