• २० असार २०८३, शनिबार
  • ५:२२ बेलुका

‘मास्क नकिन्न’ वरिष्ठ अमेरिकी डाक्टरको अपील

प्रकाशित मिति

२०७६ फाल्गुन १९ गते, सोमबार ०७:४९

एजेन्सी । अमेरिकाका एक शिर्ष डाक्टरले सबै नागरिकहरुलाई ‘मास्क किन्न बन्द गर्न’ भन्दै सार्वजानिक अपील गरेका छन् । कोरोना सम्बन्धी चिन्ताका कारण मानिसहरुले मास्क किनेर घरमा थुपार्न थालेपछि अमेरिकामा यसको चरम अभाव सिर्जना भएको छ जसकै प्रतिक्रियामा सर्जन जनेरल डाक्टर जेरोम एडम्सले शनिबार आफ्नो ट्वीटर अकाउन्टमा त्यस्तो लेखेका हुन् ।

उनले भनेका छन्, “साँच्चै नै, सबैजना अब मास्क किन्न बन्द गर्नुहोस् । कोरोनाबाट बच्न यो वास्तवमै प्रभावकारी छैन तर यदि स्वास्थ्यकर्मीहरुले मास्कको अभावमा बिरामीको ख्याल राख्न पाएनन् भने यसले पूरै समुदायलाई खतरामा पार्नेछ ।” यसमा उनले बिरामी हुनबाट बच्न बरु सबैले घरैमा बस्ने र राम्ररी हात धुने गर्न सुझाव समेत दिएका हुन् ।

Kamana Sewa

त्यस्तै उनले फ्लु लागेकाहरुलाई खोप लगाउन समेत अपील गरेका छन् । उपराष्ट्रपति माइक पेन्स र अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बारम्बार मास्क किनेर थुपार्नु अनावश्यक भएको बताइरहेपनि कोरोना सम्बन्धी चिन्ताका कारण अन्य देशमा जसरी नै अमेरिकामा पनि मास्कको व्यापक अभाव सुरु भएको छ । सिएनएन

Classic Tech Desktop

प्रतिकृया