• १ असोज २०८३, बिहीबार
  • ११ः३९ बिहान

एक्टिभ स्कुलको २५ औ वार्षिकोत्सव सम्पन्न

प्रकाशित मिति

२०७६ फाल्गुन १२ गते, सोमबार १२:१४

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं. ६ स्थित एक्टिभ इंगलिस स्कूलको २५ औं वार्षिकोत्सव, वार्षिक पुरस्कार वितरण एवं विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।

National Life

स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं निर्देशक आशाहरि प्रजापतिको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै मध्यपुुर थिमि नगरलाई शैक्षिक नगरी बनाउने कार्ययोजनाहरु बारे बुदाँगत चर्चा गर्दै एसर्ईई परीक्षा २०७५ मा उत्कृष्ट विद्यार्थीहरुलाई नगद सहित सम्मान गर्नुभयो ।

कक्षा नर्सरीदेखि कक्षा दश सम्म लगातार स्कुलमा अध्ययन गरेका विद्यार्थीका अभिभावकहरु लाई पनि दोसल्ला र सम्मान पत्र सहित सम्मान गर्दै नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमि क्षेत्र र भक्तपुरको शिक्षाको गुणात्मक विकास र विस्तारमा एक्टिभ इंगलिस स्कुलले पु¥याएको योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया