कैलाली र कञ्चनपुरका इट्टा उद्योगमा बर्षाले फेरी करोडौको क्षती
प्रकाशित मिति
२०७६ फाल्गुन ९ गते, शुक्रबार ११:३८
धनगढी । कैलाली र कञ्चनपुरका इट्टा उद्योगमा बर्षाले फेरी करोडौँको क्षती भएको छ । शुक्रवार विहानैदेखि भईरहेको बर्षाका कारण करोडौँको क्षती भएको हो । यसअघि पनि तयार हुनै लागेका काँचा इट्टा केही वर्षाका कारण पूर्ण रुपमा नष्ट भएपछि सुदूरपश्चिममा इट्टाको अभाव थियो भने शुक्रवारको बर्षाले फेरी उद्योगमा ठूलो क्षती भएको सेती महाकाली ईट्टा व्यवसायी संघका अध्यक्ष विनोद शाहले बताए ।

प्रदेशमा रहेका झण्डै ९० इट्टा उद्योगबाट वार्षिक ४० करोडको संख्यामा इट्टा उत्पादन हुँदै आइरहेकोमा यस बर्ष बर्षाका कारण उत्पादनमा समस्या भएको उनले बताए। उनले भने, ‘वर्षयाममा वर्षाका कारण खासै इट्टा उत्पादन गर्न सकिदैन्। त्यसको लागि हिउँदमै पर्खिनुपर्छ। तर मंसिरदेखिको हिउँदे वर्षाका कारण यो वर्ष इट्टा उत्पादनमा समस्या भएको छ ।’
मंसिर २८ गतेदेखि पटक–पटक परेको हिउँदे वर्षाका कारण ९ करोड काँचो इट्टामा क्षति पुगेको थियो। शुक्रवारको बर्षाले फेरी तयार हुन लागेका इट्टामा क्षती पुगेको शाहले बताए । इट्टाको अभावले यस क्षेत्रमा विकास निर्माणको काम पनि प्रभावित भएको छ ।




प्रतिकृया