• २१ भदौ २०८३, आइतबार
  • ४ः२१ बिहान

कम्युनिष्ट पार्टी आदर्शबाट बिचलन तर्फ उन्मुख हुने संकेत : प्रचण्ड

प्रकाशित मिति

२०७६ फाल्गुन ९ गते, शुक्रबार १२:०७

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिष्ट पार्टी आदर्शबाट बिचलन तर्फ उन्मुख हुने संकेत देखिन थालेको बताउनुभएको छ । नारायण बिलाश जोशी स्मृति प्रतिष्ठानले आज भक्तपुरको नयाँ थिमीमा आयोजना गरेको भवन शिलान्यास समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले कतिपय संस्कार,संस्कृति, बिचार र प्रबृत्तिका कारण नेकपामा आदर्शबाट बिचलन हुने घटनाका संकेत र लक्षण दखिन थालेको बताउनुभयो ।

National Life

कार्यक्रममा आफु राष्ट्रिय घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार जान परेका कारण दबाबमा रहेको भन्दै उहाँले संसारमा कम्युनिष्टहरु आन्दोलन गर्न लोकप्रिय तर शासन गर्ने सवालमा अलोकप्रिय बन्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयोर्,हाम्रो नियति पनि कतै त्यतै जाने होईन भन्ने खतराको संकेत देखिन थालेको छ अर्थात बिग्रीन बिग्रीन थालेको देखिन थालेको छ ,तर बिग्रीसक्यो भन्ने होईन ’।

हिजो आन्दोलन र संघर्षमा जाँदा बलिदान र यातना भोग्न तयार हुने नेताहरु आज शासनमा पुगेपछि जनताबाट टाढिन खोज्नु नहुने बताउनुभयो ।उहाँले हिजो जेल,नेल ,यातना र बलिदानका लागि किर्तीमान गर्ने कम्युनिष्टहरु आदर्शबाट बिचलित हुन नहुने उल्लेख गर्नुभयो । गल्ती र कमजोरी गर्नेलाई पार्टीले कारवाही गरी शुद्घिकरण गर्नुपर्नेमा उहाँले जोड दिंदै पार्टीमा गुटगत स्वार्थलाइ त्यागी सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

Classic Tech Desktop

उहाँले राजनीतिक स्थायित्वको लागि दुई पार्टी एक भएको र त्यसलाई जनताले समेत अनुमोदन गरेको बताउनुहुँदै यसलाई सुदृढ गर्नु चुनौतिपुर्ण रहेको बताउनुभयो । नेकपा नेतृत्वको सरकारले जनअपेक्षा अनुसार बिकास र समृद्धिको सपना पुरा गर्न नसके दुर्भाग्य हुने बताउँदै उहाँले यस बेला नेकपा र नेकपा नेतृत्वको सरकार बिशेष परिस्थितिमा रहेको उल्लेख गर्नुभयो ।प्रचण्डले भवन निर्माणका लागि केन्द्र,प्रदेश र स्थानीय तीनै तहका सरकारले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नारायण बिलाश जोशीको योगदानको चर्चा गर्दै भवन निर्माणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

 

प्रतिकृया