रग्वी खेलाडीद्दारा तीन छोराछोरीसहित श्रीमतीको जलाएर हत्या
प्रकाशित मिति
२०७६ फाल्गुन ९ गते, शुक्रबार ११:१७
एजेन्सी । अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको जलाएर हत्या गरेका छन् ।

बिबिसीमा प्रकासित समाचारका अनुसार ४२ वर्षिय रोवन बक्स्टर उनीहरू चढेको गाडीमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेका हुन्। आगो लगाएपछि बक्स्टरले स्वयंलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट उनको समेत मृत्यु भएको छ ।
घटनामा परि ३१ वर्षिय श्रीमती हना क्लार्कसहित उनका ६,४ र ३ वर्षका नाबालक सन्तानहरूको ज्यान गएको अस्ट्रेलियाको प्रहरीले जनाएको छ । तीन सन्तानको घटनास्थलमा नै निधन भएको हो भने क्लार्कको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरू चढेको गाडीमा पेट्रोल छर्केर आगो लगाएपछि उनीहरूको उद्धारमा गएका प्रत्यक्षदर्शीहरूलाई बक्स्टरले रोकेका थिए ।
पतिले घरेलु हिंसा गरेको भन्दै केही समययता क्लार्क आफ्ना तीन सन्तानसहित माइतीमा बस्दै आइरहेकी थिइन् । दुबै जनाबीच सण्तानको अभिभावकत्व कसले लिने भन्ने बारेमा विवाद चल्दै आइरहेको थियो ।



प्रतिकृया