• २२ भदौ २०८३, सोमबार
  • १०ः०९ राती

सरकार मलाई उत्तर चाहियो ?

प्रकाशित मिति

२०७६ फाल्गुन ७ गते, बुधबार ०९:३६

दीपा सिँखडा

National Life

प्रजा जनता , तन्त्र राज हो कि पर जा तन्त्र हो ? दुईचार जना वरिस्ठहरुलाई टुडिखेलमा सलामी दिएर, त्यो पनि जनतालाई तारको घेरो बाहिर राखेर, प्रजातन्त्र मनाउने ?

बिदेशी नेता आउँदा रास्ट्रिय बिदा हुने मेरो देश हजारौंको बलिदान पछि आएको प्रजातन्त्र दिवस मा बिदा नहुने ? प्रजातन्त्रले राणा उखाल्यो, गणतन्त्रले राजा उखाल्यो । तन्त्र हरुको काम उखाल्ने मात्र हो र ? केही रोप्न चाहि पर्दैन?

Classic Tech Desktop

हुनेखाने मात्र नभई हुँदाखानेलाई पनि प्रजातान्त्रिक मुलुकको नागरिक भएको अनुभुती हुनु पर्ने होईन ? प्रजातन्त्रमा बोल्न पाईन्छ भन्ने त थाहा थियो , नेताहरु चै बोउलाउन पनि पाउछन् हो ?

राणा शासन, राजतन्त्र , प्रजातन्त्र , लोकतन्त्र अनी गणतन्त्र । राणा, शाह, कोइराला, दाहाल, देउवा, ओली । शब्द अनि बेक्ने काध फेरिए नेता फेरिए नीति उस्तै ? प्रजातन्त्र दिवसको शुभकामना सहित फेरि पनि भन्छु सरकार मलाई उत्तर चाहियो !

प्रतिकृया